माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो १ बजेको लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम बारे छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि गरिएको आह्वानबारे छलफल हुने बताइएको छ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गरेकी थिइन्। 
 

प्रकाशित मिति: : 2021-05-21 12:11:00

प्रतिकृया दिनुहोस्