आज पनि जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

 जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ।

बैठक बिहान ११ बजेदेखि सुरु हुने छ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ आफ्नो धारणा राख्ने क्रम जारी छ। बैठकमा आज पनि पार्टीको आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल हुने छ। 

पार्टी सरकारबाट बाहिरिएको अवस्था र विभाजनको असरका विषयमा पनि पार्टीभित्र छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: : 2024-05-14 09:02:00

प्रतिकृया दिनुहोस्