प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा हुने भएको छ।

प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री ओलीको सपथविरूद्ध परेका रिटमाथिको सुनुवाइ मंगलबार गर्दैछन्।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता राजकुमार सुवाल, सन्तोष भण्डारी र नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका थिए।

रिट निवेदकले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कुन कानूनअनुसार हो भन्ने खुलाउन माग गरेका छन्।

प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्द उच्चारण नहुनु  गैरसंवैधानिक भएको जनाउँदै आफूअनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उनीहरुले जिकिर गरेका छन्।

प्रकाशित मिति: : 2021-05-18 11:05:00

प्रतिकृया दिनुहोस्