ओली-नेपालबीच फेरि सिंहदरबारमा ‘वान टु वान’ वार्ता

नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरु भएको छ।

आइतबार दिउँसो सिंहदरबारमा ओली र नेपालबीच ‘वान टु वान’ वार्ता शुरु भएको हो।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेलगायत विषयमा उनीहरूबीच छलफल भएको स्रोतले बताएको छ।

यसअघि शुक्रबार दुवैतर्फका नेतासहित ओली र नेपालले सिंहदरबारमा छलफल गरेका थिए।

प्रकाशित मिति: : 2021-05-16 14:48:00

प्रतिकृया दिनुहोस्