आज भोली हावाको उल्टो बहाव छ यहाँ,
शुभकामना हैन श्रद्धाञ्जलीको बाढी छ यहाँ,
पल-पल चित्कार अनि पिडाका क्रन्दनहरुमा
सपना देख्छन् ब्रह्मनालको यहाँ,
लस्कर बिस्कुनसरी छ
चिताको चिन्ता यहाँ,
पर्खाइका नजरहरु
उर्लदो भेलको माथ छ।
फेरि पनि नियति त्यहीँ
बारम्बार दोहोरिन्छ यहाँ,
चाहाना, ईच्छा,आवेग र आशक्ती
निमेषमा सकिन्छ यहाँ।