कर्णालीमा थपिएका तीन मन्त्री सपथ नलिइकनै बर्खास्त 

कर्णालीमा नवनियुक्त तीन मन्त्री सपथ नलिइकनै बर्खास्त भएका छन्।

बुधबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मण्डल पुनर्गठन गर्दै माओवादीका बिन्दमान विष्ट, गोपाल शर्मा र सीता नेपालीलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, आर्थिक तथा योजना र जलस्रोत मन्त्रीमा नियुक्त गरेका थिए। 

तर, शुक्रबार प्रदेश प्रमुखकाे कार्यालयले निकालेकाे विज्ञप्तिमा उक्त तिनै मन्त्रालयकाे जिम्मेवारी मुख्यमन्त्री आफैसँग राखिएकाे उल्लेख छ।

नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि मुख्यमन्त्री शाही पछि हटेकाे बुझिएकाे छ।

गत वैशाख ३ गते विश्वासको मत दिएर सरकार जाेगाइदिएकाे काँग्रेसलाई एउटा मात्र मन्त्रालय दिन खाेज्दा काँग्रेसले सरकारमा नजाने बताएपछि मुख्यमन्त्री पछि हटेकाे माओवादी निकट एक नेताले बताए।

तथापि सरकारमा जाने वा नजाने भनेर अहिले नै भन्न सक्ने स्थिति नरहेकाे नेपाली कांग्रेस संसदीय दलको नेता जीवनबहादुर शाहीले बताए।

प्रकाशित मिति: : 2021-05-14 20:13:00

प्रतिकृया दिनुहोस्