ओली–नेपालसहितका नेताहरू सिंहदरबारमा

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सिंहदरबारमा संवाद सुरु भएको छ। एमालेको केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा वार्ता हुन लागेको हो। 

भेटवार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन्।

त्यस्तै माधव पक्षबाट नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन्।

छलफलका लागि ६ बजेको समय तय भएपनि प्रधानमन्त्री ओली पौने ७ बजेमात्र सिंहदरबार पुगेपछि छलफल सुरु भएको हो।

ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो। दोस्रो तहका दुवै पक्षका १० नेता सहभागी गरेर कार्यदल बनाइँदैछ। 

प्रकाशित मिति: : 2021-05-14 18:56:00

प्रतिकृया दिनुहोस्