एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, आज २ बजे शपथ

File Photo: Rajan Kafle

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन्।

प्रधानमन्त्री स्रोतका अनुसार सपथ आज २ बजे शुक्रबार हुने बताइएकाे छ। ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी पेस भएन

राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ।

दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जनाएको छ।

बिहीबार नाै बजेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वान गरिएको तर त्यसमा कुनै नि दाबी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सोमबारको बैठकबाट विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन बहुमतका आधारमा सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-05-13 22:37:00

प्रतिकृया दिनुहोस्