प्रधानमन्त्री ओली र माधव नेपालबीच क्याप्टेन रामेश्वर थापाको घरमा छलफल

फोटो :सुर्य थापा
फोटो :सुर्य थापा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच बिवाद समाधान बारे छलफल भएको छ। 

काठमाडौंको बाँसबारी स्थित अन्नपुर्ण पोष्ट दैनिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच छलफल भएको जारी छ। 
२७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेको छ। 

आजै साँझ ९ बजेसम्म कुनैपनि गठबन्धनले बहुमत जुटाउन नसकेमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ठुलो दलको नेताको हैसियतमा केपी शर्मा ओलीलाइनै पुनःप्रधानमन्त्री नियुक्त गर्नेछिन्। 
 

प्रकाशित मिति: : 2021-05-13 14:37:00

प्रतिकृया दिनुहोस्