जसपाका नवनियुक्त मन्त्रीले लिए शपथ

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट दुई जनाले मन्त्रीकाे शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार जसपाबाट नवनियुक्त एक मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारमा प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् भने हसिना खानले राज्यमन्त्रीकाे जिम्मेवारी पाएकी छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज मात्रै सरकारबाट बाहिरिएपछि जसपा दुई जनालाई सरकारमा पठाएकाे हाे। 

प्रकाशित मिति: : 2024-05-13 19:03:00

प्रतिकृया दिनुहोस्