जसपाले प्रधानमन्त्रीसमक्ष बुझायो ३ मन्त्रीको नाम 

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ।

अध्यक्ष राईले आज प्रदीप यादव र रञ्जु झाको नाम मन्त्रीमा र राज्यमन्त्रीमा हसिना खानकाे नाम दिएका हुन्। 

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै राई नेतृत्वको जसपाले मन्त्रीको नाम पठाएको हो। 

जसपाबाट मन्त्री सिफारिस भएकाहरूलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो लागेकाे छैन। 
 

प्रकाशित मिति: : 2024-05-13 15:17:00

प्रतिकृया दिनुहोस्