जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले साेमबार सभामुखलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

पत्रमा उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निभाउने उल्लेख गरेका छन्।

जसपा नेपाल फुटाएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएसँगै उपेन्द्र यादव सरकारबाट बाहिरिएका हुन्।

उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवले आज मात्रै पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।

उनीसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए। 

प्रकाशित मिति: : 2024-05-13 16:57:00

प्रतिकृया दिनुहोस्