कोशी प्रदेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिएका छन्। 

आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे। उनको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो। 

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो। कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए। 

प्रकाशित मिति: : 2024-05-13 15:53:00

प्रतिकृया दिनुहोस्