कांग्रेसद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

File Photo
File Photo

नेपाली कांग्रेसले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो।

वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका हुन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ।

प्रकाशित मिति: : 2024-05-13 13:37:00

प्रतिकृया दिनुहोस्