एमाले स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा सुरु

File Photo
File Photo

नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा सुरु भएकाे छ। अहिले साढे ९ बजेदेखि प्रधानमन्त्री निवास स्थायी कमिटीको बैठक सुरू भएकाे एक सदस्यले जानकारी दिए।

बैठकमा समसामयिक परिस्थितिबारे छलफल भइरहेकाे बताइएको छ। प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिपछिको समीक्षा र आजै माधव नेपाल र ओलीको बीचमा भेटवार्ता गराएर सहमति गराउने प्रयास भैरहेको बालुवाटार स्राेतले जनाएकाे छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ। संसद्को विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन्। 



कांग्रेस-माओवादी गठबन्धनमा जसपा सामेल हुँदैन, उपेन्द्र यादवमाथि कारवाही हुन्छ: राजेन्द्र महतो

प्रकाशित मिति: : 2021-05-13 09:22:00

प्रतिकृया दिनुहोस्