सरकार, मलाई एक सिलिन्डर अक्सिजन दे!

अर्जुन पराजुली

सरकार!
तेरो पानी जहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट सिटी लैजा
समृद्धिको भेल लैजा
तेरो उद्घाटन लैजा, शिलान्यास लैजा
पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा
मेरो बाको औंठी लैजा, घडी लैजा
मेरी आमाको तिलहरी लैजा
सरकार! यी सबैको बदलामा तैंले
मलाई एक सिलिन्डर अक्सिजन दे!

प्रस्तुत कविता कवि पराजुलीको फेसबुकबाट साभार गरिएको हो।

प्रकाशित मिति: : 2021-05-13 08:09:00

प्रतिकृया दिनुहोस्