नयाँ सरकार गठनको आह्वान गर्न देउवा, दाहाल र यादवद्वारा राष्ट्रपतिलाई आग्रह

विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गठबन्धन सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन्।

दुई वा दुईभन्दा बढी दलका बहुमत सांसदहरूको समर्थन प्राप्त नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेगरी प्रक्रिया थाल्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन्।

संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

 

प्रकाशित मिति: : 2021-05-10 19:00:00

प्रतिकृया दिनुहोस्