कम्युनिस्ट, काेराेना र काेलाहल

Breaknlinks
Breaknlinks

आम नेपाली जनताले हरि राेका, प्रदिप गिरी, घनश्याम भुसाल, नारायणमान बिजुक्छे, माेहन वैध किरणले जस्तै मार्क्सवाद, लेलीनवाद, माओवादलगायतका अन्य सिद्धान्तको गहन अध्ययन गरेका छैनन्।

नेपाली जनताको सामान्य बुझाइमा कम्युनिस्ट अर्थात गरिब दिनदुखी मजदुरकाे हकअधिकारका लागि लड्ने सिद्धान्त र नेता मानिएको थियो। कम्युनिस्टले मुक्ति दिन्छ, समानता दिन्छ, गरिब मजदुर सर्वहारा वर्गको आवाज सुन्छ र परिवर्तन ल्याउँछ भन्ने जनतामा विश्वास थियो। आजकाे मितिसम्म पनि कम्युनिस्ट पार्टी गरिब मजदुर जनताको पार्टी मान्ने जमता धेरै छन्। जसकारण गरिब किसान मजदुर वर्गले नेपाली कम्युनिस्टलाई माया गर्दै आएका छन्।

वि.स.२०४७ यताका चुनावमा नेपाली जनताले हँसियाहथौडा अङ्कित छापलाई धेरै विश्वास गरे। सुर्य चिन्हलाई विश्वास गरे, जनस्तरबाट कम्युनिस्ट पार्टीलाई ठुलै साथ र समर्थन प्राप्त भएको थियो र छ। भूमिगत राजनीतिमा हाेमिएकाे नेकपा माओवादीलाई दश वर्षीय जनयुद्धमा जनताले बास गाँस कपास दिएर लडाइँमा साथ दिए। लडाइँको रुणभूमिमा रगत दिए। कयौं बेपत्ता भए, कयौंले सहादत प्राप्त गरे। चुनावमा जनमत साथ र समर्थन दिए।



विभेद, विवशता र विद्रोह

जनैधारी प्राणी



युद्धबाट भर्खर मुलधारकाे राजनीतिमा प्रवेश गरेको तात्कालिक माओवादीलाई अत्यधिक जनमतबाट स्वागत गरेका थिए। त्यसपछि दुई ठूला कम्युनिस्ट एक भएर भनेर दुईतिहाइकाे जनमतबाट कम्युनिस्टलाई जनताको साथ छ भन्ने सन्देश  दिएका थिए। देशमा छिटो विकास हाेस्, परिवर्तन हाेस्, कार्ययोजनामा कसैले राेकावट गर्न नसकाेस् भनेर एकल कम्युनिस्ट सरकार बनाउन मद्दत गरेका थिए। 

नेपाली जनताले कम्युनिस्टलाई असाध्यै माया गरेका छन्। जबकि विश्व परिवेशमा कम्युनिस्ट विस्तारै विस्थापित हुँदैछन्। तर नेपाली जनताले बारम्बार विश्वास गरेका छन्, माया गरेका छन् ताकि सर्वहारा वर्गले विकास पाउनेछन्, सेवासुविधा देख्ने छन्, गरिब दिनदुखीकाे पिडामा मलम लगाउने छन्। विडम्बना, नेपाली जनताले त्यस्तो कुनै आभास पाएनन्। जनताले जे साेचेर कम्युनिस्टलाई साथ दिएका थिए, आज त्यो हुनसकेको छैन। जनताका आशा भराेसामाथि कम्युनिस्ट नेतृत्वबाट प्रहार भएको छ। कम्युनिस्ट पार्टी र उसका नेताबाट नेपाली जनताकाे  अभिमतलाई अवमूल्यन  गर्ने कार्य भएको छ। अवमूल्यनका कयौं उदाहरणकाे खात हाम्रै अगाडि छन्।

विश्व प्रसिद्ध चिन्तक कार्ल माक्र्सले धर्मलाई अफिम भनेका थिए तर नेपालका माक्र्सवादी अनुयायी प्रधानमन्त्री कम्युनिस्ट कम धार्मिक बढी देखिएका छन्। गरिबका जलेका घरलाई बेवास्ता गर्दै, तामझामसहित राम सीताको प्रतिमा राख्न अग्रता देखाउँछन्। गरिबीका झुपडीलाई बेवास्ता गर्दै मन्दिरमा सुनको जलप राख्न बजेट विनियोजन गर्छन्। तुलनात्मकरुपमा अन्य राजनीतिक आस्था र नेतालाई भन्दा नेपाली जनताको आशा कम्युनिस्ट नेतृत्वप्रति धेरै थियो।

अझ नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड र प्रधानमन्त्री केपी शर्माप्रति धेरै आशा भराेसा थिए। फलतः सन् २००८ काे संविधानसभाकाे पहिलो निर्वाचनमा नेकपा माओवादी पार्टीलाई अत्यधिक जनमतबाट बहुदलीय व्यवस्थामा विजय गराएका थिए। त्यसपश्चात २०७४ काे निर्वाचनमा कम्युनिस्ट पार्टीलाई दुई तिहाइकाे बहुमत प्रदान गरेका थिए। तर विडम्बना यी दुई पात्रले जनताको  जनचाहनाभन्दा सत्ता माेहको खेलमा बढी चासो दिए। महामारीको बिच आन्तरिक भागबन्डा, राजनीतिक लुछातानिमा व्यस्त रहे। कम्युनिस्ट नेतृत्वलाई जनताभन्दा पद पहुँच प्यारो छ भन्ने सन्देश जनतालाई दिए।



जनप्रतिनिधि, भ्रष्टाचार र नवधनाड्य

हामी कहिल्यै मिलेनौं



नेपालकाे सन्दर्भमा कम्युनिस्ट सरकारकाे गतिविधिले जनतालाई स्पष्ट उपेक्षा गरेको छ। केन्द्रदेखि प्रदेशमा कम्युनिस्टको सरकार भएपनि कमि कमजोरीको चाङ पनि त्यतिकै छ। देशमा काेराेना महामारीले भयावहक स्थिति सृजना गरिसकेको छ। आम जनता अभाव दबाब र डरत्रासमा बस्न बाध्य छन्। अस्पतालका शैया भरिएका छन्, बिरामी उपचार नपाएर अकालमा मृत्यु स्विकार्न बाध्य छन्। राष्ट्रकाे वर्तमान अवस्था कहालिलाग्दो छ, जनताको अवस्था दयनीय छ। दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने मजदुर एकछाके भएका छन्। तर कम्युनिस्ट सरकार यस्तो संकटमा सत्ताको खेलमा लुछाचुडीमा हाेमिएकाे दृश्य दिनहुँजसो मिडिया देखिन्छ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा भएका गतिविधिले कम्युनिस्ट कमरेडहरु सत्ताकाे खेलमा लिप्त भएको स्पष्ट  देखिन्छ। केन्द्रदेखि स्थानीय तहसम्म राजनीतिक अभ्यास उहीँ छ, सत्ता माेह, पक्ष विपक्ष, बहुमत र अल्पमतकाे खेल छ। के गरिब किसान मजदुर सर्वहारा वर्गले कम्युनिस्ट नेतृत्वबाट यस्तै अपेक्षा गरेका थिए? के जनताले देश विकास नगरी राजनीतिक घात, अन्तरघातका निम्ति भाेट दिएका थिए? अवस्य थिएन, नेपाली जनताले विकास  सम्वृद्वि र आर्थिक रुपान्तरणकाे लागि अभिमत दिएका दिए। जनताले नेतालाई साथ सहयोग प्राप्त हुन्छ भनेर चुनेका थिए। विडम्बना अहिलेकाे दृश्य बिल्कुल फरक छ। नेता सत्ता र पदमा सिमित छन् भन्ने देखिएको छ।

वर्तमान परिपेक्षमा कम्युनिस्ट कमरेडहरुले जनताका समस्या बारे साेचेका छैनन्। कसरी हुन्छ महामारीबाट छुटकारा पाउने, जनतालाई कसरी हुन्छ सहजता सृजना गर्ने विषयमा कमरेडहरुकाे ध्यान गएको छैन। कम्युनिस्ट नेताहरूकाे मुख्य ध्यान अहिलेकाे विकराल अवस्थामा पनि कसरी हुन्छ सत्ता र शक्तिमा टिकिरहने। कुन बाटोबाट जाँदा, कसलाई ल्याउँदा, कसलाई निकाल्दा आफ्नाे सत्ता टिकाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित रहेको नेताका गतिविधिबाट पुष्टि भएको छ। रातारात सरकार ढाल्ने प्रयत्न गरिन्छ, सांसद किनबेच हुन्छ, काेहि अपहरण हुन्छन्, केहीले पार्टी परिवर्तन गरेका छन् त काेही अस्पतालका आइसियूमा भेटिन्छन्।



कर्णालीको कथा

जात व्यवस्था खारेज गर



राजनीतिक विवादै-विवादकाबीच मन्त्री मण्डल गठन हुन्छ, काेही थप्निन्छन, काेही निकालिन्छन्। तर जनताका सवालमा नेताहरू माैन हुन्छन्। जब नेताकाे पदमा समस्या आउन थाल्छ तब रातदिन नभनी बैठक बसेका छन्, छलफल गरेका छन्, जस्तोसुकै हर्कत अपनाएर आफ्नाे पद शक्ति जाेगाउन लागिपरेका छन्। यसबाट के पुष्टि हुन्छ भने मजदुर सर्वहाराका नेता आफ्नाे व्यक्तिगत, पार्टीगत लाेभलालचमा रुमलिएका छन्। जनताका समस्यालाई थाती राखेर शक्तिको लडाइँमा व्यस्त रहेका छन् , त्यो उनीहरूका गतिविधिमा  देख्न सकिन्छ।

नेपाल पनि काेराेनाकाे कहरबाट अछुत छैन। काेराेना महामारीले देशमा हाहाकार मच्चाएको छ। राज्यको हरेक क्षेत्र संकटग्रस्त छ। जनताको दैनिकी कष्टकर भएको छ। अस्पतालमा बिरामी थेग्नै नसकिने चाप छ। बिरामीका चीत्कार दिनहुँ बढेको छ। अक्सिजनकाे अभावले कति बिरामीको मृत्यु भएको छ, कयौं मृत्यु पर्खेर बसेका छन्। यस्तो अवस्थामा सरकारले जे गर्नुपर्ने थियो त्यो गरिरहेको छैन।

छिटोभन्दा छिटो काेभिड विरुद्धको भ्याक्सिन ल्याउनुपर्ने थियोे। अहिलेकाे संकटग्रस्त अवस्थामा अस्पतालमा आपत्कालिन सेवाको विस्तार गर्नुपर्ने थियो। अस्पतालका शैया, आइसियू, भेन्टिलेटर थप्नुपर्थ्याे, काेभिड विरुद्धको लडाइँमा सामेल स्वास्थ्यकर्मी, प्रहरी, सेना, सरसफाइकर्मीलाई अत्यावश्यक सामाग्री उपलब्धि गराउनुपर्थ्याे।

२०७७ काे काेराेनाकाे पहिलो लहरबाट पाठ सिक्नुपर्ने थियो। युरोप अमेरिकामा घटेका घटनाबाट केही राेकथामका उपाय अपनाउनु पर्थ्याे। दुर्भाग्यवश नेपाल सरकारकाे काेभिड राेकथामविरुद्ध अहिले पनि खासै गतिलो तयारी र याेजना देखिएको छैन। हिजो दृश्य र आजकाे दृश्य उस्तै छ । जनताको अभाव र छट्पटी उही छ। सरकार रमिते भएको छ।

सरकार अहिले कसरी हुन्छ सत्ता टिकाउन व्यस्त देखिन्छ। कसरी हुन्छ आफ्ना मान्छे ठाउँमा भर्ति गर्नसकिन्छ त्यसमा लागि परेको छ। काेभिड महामारीकाे कहर, जनताको चीत्कार जनताको अभिभावक मानिएको सरकारले सुनेजस्ताे लाग्दैन। आम जनमानसमा कम्युनिस्टप्रति वितृष्णा जागेको छ।



छाउपडी प्रथा र धामीझाँक्री

महामारीमा कमिसनको 'लाजनीति'



अब त अति भयाे ! याे घिनलाग्दाे खेल कहिलेसम्म? जस्ता प्रश्न तेर्साउन थालेका छन्। नेपालकाे वर्तमान परिदृश्मा कम्युनिस्ट नेतृत्व वास्तविक कम्युनिजमकाे सिद्धान्तबाट भाग्न खाेजे जस्तो देखिन्छ। कम्युनिस्ट क्रान्तिकारी बाटो भुले जस्तो देखिन्छ। नेपाली कम्युनिस्टको यहीँ रवैयाले निरन्तरता पाए नेपाली कम्युनिस्टको हालत पनि युरोपेली कम्युनिस्टको जस्तो नहाेला भन्न सकिन्न। कम्युनिस्ट काहाँ छन् भनेर खाेज्ने दिन नआउला भन्न सकिन्न।

कम्युनिस्टका नकारात्मक गतिविधिले नयाँ  पिढिमा राम्रो प्रभाव परेको छैन। यदि सहि अर्थमा कम्युनिजमलाई बचाउनु छ भने कम्युनिस्ट नेता पार्टी पंक्तिले आफूलाई रुपान्तरण गर्नुपर्छ, आत्मलाेचना गर्नुपर्छ। दलाल पुजीवादीबाट टाढा बस्नुपर्छ। जनताका पिर मर्कालाई मनन गर्नुपर्छ। मजदुर सर्वहाराकाे देनलाई सम्झनुपर्छ।

अन्यथा अहिले जुन गतिविधिमा नेपाली कम्युनिस्ट रुमलिएकाे छ त्यसले पतनकाे बाटो राेजेकाे छ। कम्युनिस्टलाई बचाउने कि विस्थापित गर्ने याे कम्युनिस्टकै हातमा छ।


फनपार्ककाे वाेर्ड टाँगेर घण्टे लज सञ्चालन !

दार्जीलिङमा लेखिएका 'गोर्खाल्याण्ड'का पुस्तकमा किन अटेनन् शिलोङ–गोर्खाका कथा ?

प्रकाशित मिति: : 2021-05-08 16:55:00

प्रतिकृया दिनुहोस्