फनपार्ककाे वाेर्ड टाँगेर घण्टे लज सञ्चालन !

डिल्ली पाण्डे

उर्लाबारी
Breaknlinks
Breaknlinks

निक्कै तामझामका साथ सुरु भएको मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित एभरेष्ट फन पार्क भित्र  १२ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ।

दमक घर भएकी बालिका दमककै एक व्यक्तिबाट बलात्कृत भएको खुल्न आएको हो। कराेडाैं रुपैयाँ लगानी गरि खाेलिएकाे फनपार्क भित्र समेत घण्टे लजकाे काराेवार हुने गरेको स्थानीयले बताएका छन्।

फनपार्ककाे बाेर्ड टाँगेर  हुने यस्ता  गतिविधिलाई स्थानीयले गम्भीरता पुर्वक लिएका छन्। स्थानीय एक युवकले भने गाउँमा ठुला हाेटल, पार्क खुल्दा गाउँमै राेजगार सिर्जना हुने आश गरेका थियौं। तर, छाेरीचेली असुरक्षित हुँदा रहेछन्।

समाचार स्रोतका अनुसार, ती बालिकालाई दमकका दुर्गा पौडेल नाम गरेका व्यक्तिले जर्वरजस्ती करणी गरेको खुलेको छ। पौडेलले ती बालिकालाई बैशाख ९ र १९ गते दुई पटक एभरेष्ट फन पार्कमा लगेका थिए।

बालिकालाई फनपार्कको कोठामा लगेर जबर्जस्ती करणी गरेको पीडित परिवारको भनाइ छ। स्रोतका अनुसार, एभरेष्ट फनपार्कका सञ्चालकले नै आरोपीलाई भगाएका हुन्।

चाैविसै घण्टा सिसिटीभीकाे निगरानीमा रहेको हाेटलमा १२ वर्ष मुनिकी बालिका लिएर प्रवेश किन दिइयो ,हाेटल सञ्चालक माथि गम्भीर प्रश्न उठेको छ। एक पटक हाेइन। दुई दुई पटक बालिका लिएर आउँदा हाेटल ब्यवस्थापकले किन र कुन प्रयाेजनले काेठा दिए,स्थानीयले जवाफ खाेजेका छन्।

पीडित पक्षको जाहेरी अनुसार मुद्दा चलाउन बाध्य भए पनि उर्लाबारी प्रहरीको फनपार्क सञ्चालकसँगको ‘कनेक्सन’ का कारण अभियुक्त सहजै उम्केको पीडित पक्षको आरोप छ। प्रहरीलाई गाेजी खर्च दिएकै भरमा आराेपीलाई उन्मुक्ति दिन खाेजिएकाे केहीले बताएका छन्।

एभरेष्ट फनपार्क गत पुस १७ गतेबाट सञ्चालनमा आएको हो। उद्घाटनअघि त्यसका सञ्चालकहरुले पत्रकार सम्मेलन नै गरेर फनपार्क परिसरमा यौनजन्य गतिविधि गर्न वर्जित गरिएको दाबी गरेका थिए। 

उर्लाबारीका केही 'नवधनाढ्य' ले संयुक्त रुपमा खोलेको फनपार्कमा बालिका बलात्कारजस्तो जघन्य घटना हुँदापनि सञ्चालकहरु बेखबर झैँ बनेका छन्। सञ्चालक मध्येका एक राजु श्रेष्ठले प्रतिक्रिया दिन चाहेनन।

मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने छ।

१० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदखि २० वर्षसम्म दोषीलाई कैद सजाय हुने छ।

यसबारे उर्लाबारी प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको जनाउँदै विस्तृत जानकारी दिन आनाकानी गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले भने, ‘अभियुक्त फरार रहेकोले सबै विवरण नखुलाइएको हो।

आरोपीलाई पीडितको जाहेरी अनुसार करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।'



‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौंमा

अश्लील आतङ्क मच्चाउने 'साइबर गिरोह'को यस्तो हर्कत 

 

प्रकाशित मिति: : 2021-05-07 20:46:00

प्रतिकृया दिनुहोस्