अश्लील आतङ्क मच्चाउने 'साइबर गिरोह'को यस्तो हर्कत 

०७७ सालको दशैँताका फेसबुक लगायतका सामाजिक सञ्जालबाट राष्ट्रपति परिवारका युवतीलाई एउटा धम्की आयो, बलात्कार गर्ने।

त्यति मात्रै होइन्, सोही समयमा आम नेपाली युवतीहरुप्रति अश्लील धम्कीपूर्ण अभिव्यक्ति प्रहार भयो–  सबैलाई बलात्कार गर्ने। 
उक्त स्ट्याटस यस्तो थियो:


यसरी खुल्लमखुल्ला सामाजिक सञ्जालमा विवेकहीन र अराजकताको पराकाष्ठमा पुगेर आतङ्क मच्चाउने व्यक्ति थिए– नवीन बस्नेत (१९ वर्ष) (फेसबुके नामः Jon Moxley)।

प्युठानको झिन्द्रुक गाउँपालिका–७ घर भएका नवीनले 'बलात्कारी सङ्गठन' नामक एउटा 'फेसबुक ग्रूप' बनाएर खुल्लमखुल्ला बलात्कारलाई प्रोत्साहन गर्ने खाल थुप्रै स्ट्याटसहरु शेयर गर्छन्। त्यो ग्रूपका 'एड्मिन' र सदस्यहरूले अहिलेसम्म पनि लगातार अश्लीलता फैलाउने र दुर्वाच्य पोस्ट गर्ने गरेका छन्। जथाभावी लिङ्क पठाउँछन्। युवतीहरुलाई दुःख दिन्छन्। 

उनीहरुले थुप्रै महिलाहरुलाई 'म्यासेज बक्स'मा जथाभावी अश्लील सन्देश  पठाउँदै आएका छन्। आतङ्क नै मच्चाएका छन्, उनीहरुको समूहले।

गत वर्ष असोजमा केही महिलाले नवीनविरुद्ध प्रहरीमा पनि उजुरी हाले। उक्त उजुरीका आधारमा प्रहरीको साईवर ब्यूरोले प्रक्राउ पनि गरेको थियो तर उनलाई निरुत्साहित गर्न कुनै सजाय दिइएन। उनलाई सम्झाई–बुझाई गरेर मात्र छाड्यो– प्रहरीले। 

त्यसदेखि यता नवीन केही समय सुस्त नै बसे। सुध्रेजस्तो देखिए। अब त सभ्य बने होलान् भन्ने उनको परिवार र साथीलाई लागेको थियो। यहाँसम्म कि पहिले उनीविरुद्ध उजुरी दिने महिलालाई पनि नवीन सुध्रेजस्तो लागेको थियो तर त्यस्तो होइन रहेछ।

सोचेभन्दा विपरीत कर्ममै 'विकृत चिन्तन' गरिरहेका रहेछन्– उनी। उनी त झन् अश्लील मानसिकता हुर्काएर 'साइबर अपराध'मा सक्रिय भइरहेका रहेछन्। भुसको आगोजस्तै भित्रभित्रै जलिरहेका रहेछन् उनी । झन् कुख्यात बनिरहेका रहेछन्।

०७८ वैशाख २२ गते। 'जूम'मा आफ्ना साथीहरुसँग गफ गरिरहेकी रीया श्रेष्ठ (फेसबुक नामः)  को ग्रूप कलमा एक्कासी उनै नवीन प्रवेश गरे। नसोधेरै उनी मात्र प्रवेश गरेनन्, उनका अन्य केही 'साइवर गिरोह' का सदस्यहरु पनि प्रवेश गरे। रीयाले आत्तिँदै आफ्ना साथीहरुलाई सोधिन्, 'पोहोर साल साइबर 'ह्यारेसमेन्ट' अभियोगमा पक्राउ परेका नवीन यिनै हैनन्?

त्यसपछि साइबर अपराधमा कुख्यात बनिरहेका उनै नवीनको मुखबाट अपशब्दहरुसहित गालीको वर्षा हुन थाल्यो। यस्ता शब्द र गाली, जुन रीयाले त्यसअघि कहिल्यै बोल्नु त परै जाओस्, सुनेकीसम्म थिइनन्।

उनी भन्छिन्, 'मैले पहिलो पटक त्यस्ता अश्लील शब्दहरु सुन्दै थिएँ, त्यसअघि कहिल्यै सुनेकी थिइनँ। ती अश्लील शब्दहरुले म उपायबिहीन भएँ । मलाई रुनबाहेक केही आएन। मेरो च्याटमा समेत गालीहरु निरन्तर आइरह्यो। ती शब्द हेर्दा मलाई सहनै नसक्ने गरी पीडाबोध भयो।'



दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 



नवीनले कुनै नि:सङ्कोच र बिनाहिच्किचाहट रीयालाई 'ग्रूप च्याट' मै धम्कि दिए– आफूसँग सम्भोग गर्न । त्यो सुन्दा रीया एकछिन त छाँगाबाट खसेकोजस्तो भइन्। उनले भनिन्, 'त्यस्ता अश्लील कुराले म एकछिन बेहाश भएजस्तो बनेँ। कुनै केटीलाई साइबर ह्यारेसमेन्ट गर्न उनीहरूलाई कस्तो अफ्ठ्यारो पनि नलागेको ? ऊसँग दिमाग नै नभएकोजस्तो लाग्यो।' 

त्यसैमाथि 'ग्रूप च्याट'मै रीयाको चरित्र माथि थुप्रै प्रश्नहरु तेर्स्याए, आफ्नै मानसिकताबाट ग्रसित बनिरहेका नवीन र उनको समूहले। नवीनको अश्लील कुरामा उसका साथीहरु  (सिरिश जङ कवर, डेभिड थन्डर र आयुष खड्का) ले पनि सही थाप्दै रीयालाई साइबर 'ह्यारेसमेन्ट'को शिकार बनाए। 

नवीन र उनका साथीहरुको फोहोर र अपशब्द सुन्न नसकेपछि रीया र उनका साथीहरु तुरुन्त 'ग्रूप कल'बाट बाहिरिए। 

कथा त्यतिकैमा सकिएन। 'ग्रूप कल'बाट बाहिरिएपछि पनि रीयालाई च्याटमा थपियो– केही अश्लील शब्दहरु। जुन शब्द रीयाले त्यसभन्दा पहिले कहिल्यै सुनेकी पनि थिइनन्– आफ्नो सम्बोधनमा। 

रीयालाई 'गूप च्याट'मा अश्लील शब्दसहित गरेको गाली गरेको भिडियो शिशिर नामका एक जना नवीनको साथीले टिकटकमै हाले– रीयाको बेइज्जत गर्न। रीयाको अनुमतिबिनै उनका तस्विरहरु साइबर अपराधमा मौलाइरहेका नवीन र उनको अपराधिक समूहले विभिन्न ठाउँमा प्रयोग गरे। रीयाको साधारण फोटोलाई उनीहरुले इडिट गरेर दुरुपयोग गरे।



फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो



यहाँसम्म की रीयाको निर्दोष अनुहारलाई 'साइबर क्राइम'मा कुख्यात बनिरहेको नवीनको समूहले प्रोफाइल-प्रोफाइलमा प्रयोग गरे। सामाजिक सञ्जालका विभिन्न 'प्लेट फर्म' मा रीयाको चरित्रलाई उनीहरुले बद्नाम गर्दै आएका छन्।

अहिले रीया २४सै घण्टा तनावबाट गुज्रिरहेकी छन्। उनको मानसिकता खल्बलिइरहेको छ। उनलाई के गरौँ, कसो गरौँ, कसलाई भनौँ भइरहेको छ। 

एउटा महिलाले जीवनमा भोग्ने 'ह्यारेसमेन्ट'को समस्याभन्दा अरु ठूलो केही हुनै सक्दैन। रीयाको झन् निर्दोष चरित्रलाई सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन्, नवीनको समूहले। 

रीयाको मनमा शान्ति छैन यतिबेला। केवल तनावै तनाव मात्र छ। यस्तो अवस्थामा उनले सहायता माग्दै उनले फेसबुकमा एउटा साङ्केतिक स्ट्याटस लेखिन्। त्यसपछि बिएल नेपाली सेवासँग कुराकानी गर्दै भनिन्, 'मलाई बाँच्न गाह्रो भइरहेको छ। खप्न सकिरहेको छैन। यो समस्याबाट छुट्कारा पाउन केही सहयोग हुन्छ कि भनेर मैले स्ट्याटस लेखेकी हुँ।' 

नवीन र उनको समूहले रीयालाई मात्रै होइन, देशभरिका विभिन्न नेपाली किशोरी, युवती र महिलाहरुलाई यसरी 'साइबर ह्यारेसमेन्ट' गर्दै आइरहेको छ। रीयाले सुनाइन्, 'यो मलाई नै पर्‍यो । मैले बोल्न आँट गरेँ र तपाईहरुसँग शेयर गरेँ तर उनीहरुले मजस्ता हजारौँ अरु नेपाली युवतीहरुलाई यसरी नै खुल्लम्‍खुल्ला 'साइबर ह्यारेसमेन्ट' गरिरहेको छन्। अरु बोल्न नसक्ने युवतीहरु कसरी बाँचिरहेका होलान्?'

रीयाले आफूलाई प्रहरीले सघाउनुपर्ने बताइन् । 'उनी र उनको समूह मात्र होइन, यस्तो अपराध गर्नहरुलाई तत्कालै नियन्त्रणमा लिएर प्रहरीले कारवाही गर्नुपर्छ । अनि मात्र मैले यसरी खुल्ला बोल्नुले सार्थकता पाउँछ', उनले भनिन् ।

बिएल नेपाली सेवाले प्राप्त गरेका प्रमाणहरु विस्तृत रुपमा हेर्न यस लिंक क्लिक गर्नुहाेला: 



महिलामाथि पुरुषको बलमिच्याइँ कहिलेसम्म?

प्रकाशित मिति: : 2021-05-07 22:16:00

प्रतिकृया दिनुहोस्