गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ।
सोमबार प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन्।
कांग्रेससहितका ३ दलले वैशाख २ गते मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए।
अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाकाे हस्ताक्षर छ। ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ।
एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्। यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन्।