यसलाई भनिन्छ- गोर्खेहरूको जिज्ञासा

मैले सन् १९७७ देखि सन् १९७९ सम्म लगभग अढाई वर्षसम्म गोर्खे वा गुर्खाहरूले सिपाही हुन भनेर रिक्रुट प्रशीक्षण लिने केन्द्र, अंग्रेजीमा लेख्नुपर्दा शिलांङस्थित '58 Gorkha Training Centre' को सीएसडी क्यान्टिनमा बिक्रेताको रूपमा काम गरेँ।क्यान्टिनमा रम, ह्विस्की,  ब्रण्डीजस्ता मादक पेयपदार्थ पनि बिक्री गर्नुपर्थ्यो।

बिक्री गरेँ। बिक्री गर्दा गोर्खे फौजीहरूले जिज्ञासा लिँदै कुरा गर्थेँ। मलाई सोध्थेँ, "ओल्ड मन्क रम छैन? ओल्ड मन्क रम त साह्रै मीठो हुन्छ। अरू त घोडाले खाने रम, मीठो हुन्न।"

आफू त रम नखाने। कुन खाले रम मीठो हुन्छ, मीठो हुँदैन भनेर मलाई थाहा थिएन। थाहा पनि छैन। मैले तीनपल्ट रम त खाएँ (चाखेँ)। तर मैले सबै खाले रम घाँटी जलाउने खालको पाएँ। घाँटी जलाउने रम गोर्खेहरूले कसरी खान सकेका हुन्!यसैमाथि जिज्ञासा किन लिएका हुन्? अहिले सम्झँदा म छक्क पर्नेगर्छु!

फौजबाट पेन्सन निस्केपछि पनि थाहा पाएँ- अरू गोर्खेहरूले रक्सीमाथि जिज्ञासा लिएका। कुरा गरेका- "रक्सी फलानाले पारेको मीठो हुन्छ। त्यहाँ रक्सी खान जाम।"

हो ! गोर्खेहरूलाई रक्सी खानमा जिज्ञासा छ। केही वर्ष अघि मगर, गुरुङहरू रक्सी खाएर बाटोमा हल्लिएको म देख्थेँ तर केही वर्षपछि रक्सी खाएर बाहुनहरू पनि बाटोमा हल्लिएको पाएँ। यसलाई भनिन्छ- गोर्खेहरूको जिज्ञासा!

सन् १९९६ मा मैले कथा संग्रह "बीसौँ शताब्दीको मोनालिसा"को कलेवरका लागि तैलचित्र चित्रांकित गरेँ कथाकी पात्रा सुगन्धाको मुहारको भावअनुरूप अर्थ प्रदान गर्न। तैलचित्र चित्रांकित गर्नुपर्ने माध्यम बनाएँ तुलसी छेत्रीलाई।

यो तैलचित्र मेरो कोठामा सजिएको छ। सजिएको  आज २५ वर्ष हुँदैछ। यी वर्षभित्र मलाई भेट्न धेरै गोर्खेहरू मेरो कोठामा आए। यो तैलचित्र देखेँ। युवतीको मुहार  हेरेर कतिले सुन्दर पेन्टिङ मात्र  भने। कतिले प्रतिक्रिया पनि जनाएनन् तर युवतीको अनुहारमा परिलक्षित भाव विषयक एकजना गोर्खेले अझसम्म मसँग जान्ने जिज्ञासा पोखेको छैन। जान्ने इच्छा राखेको पनि छैन।

एक महिनाभन्दा केही अघि नीतू थापासँग मकहाँ पहिलोपल्ट आएकी उडिया युवती निरूपमा बारिकले भने यो तैलचित्रमा सज्जित युवतीको मुहारमा भएको भाव विषयक जिज्ञासा राखेर मसँग कुरा सोधी। ऊसँग मेरो धेरै बेरसम्म चित्रकला विषयक चर्चा-परिचर्चा भयो।

यदि निरूपमा ब्यारिकको ठाउँमा कुनै गोर्खे हुनेभए त्यो गोर्खेले आफ्नो गोर्खे बानी देखाइदिने थियो। जिज्ञासा पोख्ने थियो। यसैलाई भनिन्छ-गोर्खेहरूको जिज्ञासा...



उपन्यास 'माटो बोल्दो हो' को प्रसङ्ग र 'बिग बाङ' 

भारतको स्वतन्त्र आन्दोलनमा 'स्वतन्त्रता सेनानी' बनेका असमका नेपालीभाषी

'प्रेमले संसार जोड्छ, सिद्धान्तले संसार फोड्छ'

'खासी छात्र संघ'माथिको त्यो दमन

प्रकाशित मिति: : 2021-04-24 13:47:00

प्रतिकृया दिनुहोस्