बिएल संवाददाता
दीपावली पर्वको संघारमा पर्वत कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड 'दी एक्स' ले आफ्नो लाइभ प्रस्तुति दिएको छ।
पर्वत कुश्माका केही स्थानीय सचेत युवाहरूको संस्था 'शिवालय युवा विकास मञ्च'ले चाडबाडको छेकोमा भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो।

युवाहरू माझ निकै चर्चित रहेको ‘दी एक्स’को कुश्मामा पहिलो प्रस्तुति हो। ब्याण्डले कुश्मामा दर्जन बढी आफ्ना हिटगीतहरू श्रोता दर्शकका बीच प्रस्तुत गरेको थियो। प्रस्तुति हेर्न बागलुङ, बेनी, पोखरादेखि एक्सका श्रोता दर्शक, प्रसंसकहरूको बाक्लो उपस्थित थियो।
सन १९९३ मा काठमाडौं मैतिदेवीका स्थानीय युवाहरूको साङ्गीतिक मोहकै कारण यस व्याण्डको स्थापनना भएको थियो। हाड रक गीतहरू गाउँदै आफ्नो संगीत यात्रा प्रारम्भ गरेको व्याण्डले धुँवा एल्बमबाट आफ्नो परिचय विस्तार गरेको थियो।

पप, पंक, स्फ्ट व्लुज, लोक रक हुँदै विविध समसामयीक र प्रयोगशील गीत संगीतहरू पस्कँदै आएको ब्याण्डका हालसम्म सात एल्बम प्रकाशित छन। धुँवा, माझीदाई, फर्केर हेर्दा, भडास, सीमाना उनीहरूका प्रकाशित चर्चित कृतिहरू हुन्। व्यान्डले अहिले ३३ वर्षको आफ्नो गौरव र किर्तिमानी यात्रा पार गरिसकेको छ।
'एउटा चिठिको साहारले, ठाडो जाने उकालो, चियाबारीमा, फर्केर हेर्दा, लुक्न देउ, सीमाना लगायतका प्राय आफ्ना हिट गीतहरू ब्यान्डले कार्यक्रममा प्रस्तुत गरेको थियो। प्रायः गीतहरूले 'वान्स मोर' पाइरहे। करिव डेढ घण्टाको प्रस्तुतिमा एक्सले दर्जनबढी गीतहरू प्रस्तुत गरेर दर्शकलाई नचाइ रह्यो।

व्याण्डमा शिव मुखिया भोकल, सुरेन श्रेष्ठ ड्रम र सजल राजभण्डारीले गीतारमा चामत्कारिक प्रस्तुति दिएका थिए।
स्थानीय कला, संस्कृति, सामाजिक विकास र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको मञ्चका अध्यक्ष संविधान गिरीले जानकारी दिए।

उनले भने 'कुश्मा अब सानो सहर रहेन। यहाँ नलेखिएका अनेकौं विषय छन्, नबोलिएका, नदेखिएका कला संस्कृति छन्। पर्यटनको सम्भावना उस्तै छ। हामी निकट भविष्यमा सबै विषय क्षेत्र, प्रतिभा क्षमता अट्ने कार्यक्रम र प्रस्तुति लिएर आउने छौं।’ सबै सँगै यात्रा गरौं भन्ने सन्देश संस्थाले लिएको छ।

कार्यक्रमको आयोजक संस्थाले 'बान्द्रेवेणी चौर संरक्षण'को संकल्पका साथ कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको पहिलो चरणमा स्थानीय रिदम ब्याण्डलगायत नेपाल आइडलका विजेता गंगा सोनाम, डान्सर र गायक दिपेन्द्र सोनाम र अन्य प्रतिभाको समेत प्रस्तुती रहेको थियो।
सःशुल्क प्रवेश टिकटमा आयोजना गरिएको कार्यक्रममार्फत संकलित रकम सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा पूर्ण पारदर्शी भएर खर्च गरिने आयोजकले जनाएको छ।
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया