हिन्दू, बौद्ध, ईसाई, ईस्लाम, यहुदी र अन्य धर्महरूकाे मान्यता, संस्कार र विश्वास फरक-फरक हुन्छ।
एक अर्कासगँ मिल्दैन। नमिल्ने कारणले गर्दा समय-समयमा युद्ध भएर मानव संहार भइरहेको हुन्छ। भइरहेको पनि छ।
हिटलरले यहुदीहरूलाई सखाप पार्न खोजेको कारण पनि यहीँ थियो। धर्म भनेको राम्रो कामलाई धारण गर्नु हो। यही 'धारण'बाट नै 'धर्म'को प्रार्दुर्भाव भएको हो। धर्म भनेको मानवको स्वभाविक गुण हो।
तर, राम्रो कुरा धारण गर्नेहरूबाट पारस्परिक द्वन्द्व किन? द्वन्द्व यसकारण भएको मेरै धर्म अरूको धर्मभन्दा महान् सम्झेर। हिन्दूले मेरो भगवान्, गीता ठूलो सोच्छ।
मुसलमानले मेरै अल्लाह, कुरान ठूलो हो भन्छ। ईसाईले पनि मेरै जिसस, बाइबल महान् भन्छ। मानौँ, यहाँ सबैले आ–आफ्नो धर्मको वर्चस्व देखाउन खोज्छन्।
यहीँ वर्चस्व राख्ने भएर नै मनुष्य र मनुष्यबीच द्वन्द्व भएको हो। धर्मले नै द्वन्द्व ल्याउँछ भने त्यो धर्म 'धर्म' नभएर पन्थ हो। जुन पन्थमा सिद्धान्त हिँड्छ आफ्ना-आफ्नै यसैकारण यस सिद्धान्तमा हिँड्नेलाई पन्थी भन्नु उचित ठहरिन्छ। यी नै सिद्धान्त हिन्दू, बौद्ध, ईसाई, ईस्लाम, यहुदी सिद्धान्त हुन्।
धर्म होइन, यी नै सिद्धान्त परस्परमा मिल्दैनन्। उदाहरण- हिन्दूले घामलाई पुज्छ। मुसलमानले जुनलाई। हिन्दूले विधवाको प्रतीक सेतो वस्त्र मान्छ। क्रिस्तानले नव दुलहीको प्रतीक स्वेत वस्त्रलाई मान्छ र नै सिद्घान्त परस्परमा नमिल्दा सिद्धान्तले संसार फोड्ने गर्छ। धर्मले तर द्वन्द्व होइन, प्रेम गर्न सिकाउँछ।जहाँ प्रेम छ, त्यहाँ फोडिएको संसार पनि जोडिन्छ।
हिन्दू, ईसाई, इस्लाम धर्मको सिद्धान्त भिन्न-भिन्न भएको हुनाले बरु हिन्दू, ईसाई, इस्लाम धर्म 'धर्म' नभएर 'पन्थ' हो। यो पन्थमा हिँड्ने पन्थी। पन्थी केवल आफ्नो पन्थमा हिँड्ने गर्छ अरूको पन्थमा हिँड्दैन। अरूको पन्थमा हिँडे अर्को पन्थीले अर्को पन्थीलाई घृणा गर्छ।
कुनै हिन्दूले ईसाई धर्म अवलम्बन गरे अवलम्बन गर्नेलाई हिन्दूले हेय दृष्टिले हेर्छ। ईसाईमा पनि यही छ। इस्लाम पन्थी मुसलमानले त यस्तालाई जीवनदान दिन पनि चाहन्न। आइएसआई यसैको उदाहरण हो।
सम्झना गरौँ- आफ्नो पन्थको वर्चस्व राख्न भनेर तालिबानले ६ सय शताब्दी अघि अफगानिस्तानको बामियनमा निर्मित बुद्धको विशाल प्रस्तर प्रतिमालाई सन् २००१ मा बम र गोलीले नष्ट गरेको थियो। तर नष्ट गरेतापनि संसार जोड्ने बुद्धको प्रेमलाई भने फोड्न सकेन।
फोड्न नसकेले गर्दा विश्व मानवले फोडिएको बुद्धको प्रतिमालाई झन् नवरूप दियो।