कोका–कोला नयाँ बोतलमा, १७५ एमएलकाे मात्र रु २५ 

कोकाकोलाले आज १७५ मिलिलिटर सिसाको बोतल नेपालमा ल्याएको छ जसको मूल्य २५ रुपैँया मात्र रहेको छ।

उक्त बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो।

बोतलमा छापिएको नेपालीभाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ।

कोका–कोलाको पेयपदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो।

नेपाली उपभोक्ताहरु चाहनाअनुरुप कोकाकोलाले नयाँ पेयपदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउँदै आइरहेको छ।

उत्पादकका अनुसार, आरजीबी बोतलहरु पुनः प्रयोग गर्न मिल्ने भएकाले वातावरणमैत्री रहेका छन्। सिसाको प्याकेजिंगले गर्दा कोका–कोलाको स्वाद सधैँ ताजा रहने छ।

नयाँ १७५मिलिलिटर आरजीबीबोतल कोका–कोला,स्प्राइट र फ्यान्टामा उपलब्धरहेको छ र यो काठमाडौँ, ललितपुर र भक्तपुरका किरानापसलहरुमाउपलब्ध छन्।

नयाँ बोतलको लन्चको क्रममा नेपालका कोका–कोलाका राष्ट्रिय निर्देशक आदर्श अवस्थीले भने, ‘सुपथमूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक विकल्प ल्याउन पाउँदा हामी एकदमै हर्षित छौँ। नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मन पर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्देश्य मात्र नभई दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनीको मिसन हो। हामी आशा गर्दछौँ– उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिने छन्।’

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक  प्रदिप पाण्डेले भने, ‘किफायती मूल्यबाहेक हामीहाम्राउपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदानगर्न प्रतिबद्ध छौँ। यो नेपाली उपभोक्ताहरुको लागि निकै विशेष रहने छ। यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ।’

प्रकाशित मिति: : 2021-04-22 15:59:00

प्रतिकृया दिनुहोस्