लुम्बिनी प्रदेश–सरकारका दुई माओवादी मन्त्रीले दिए राजीनामा

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेश–सरकारका दुई जना माओवादी मन्त्रीले राजीनामा दिएका छन्। माओवादी केन्द्रले मुख्यमन्त्री शङ्कर पोखरेविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन्।

राजीनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल रहेका छन्।

नेपाली काँग्रेस, माओवादीकेन्द्र र जनता समाजवादी पार्टीका सांसद्हरुले साेमबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा विश्वास प्रस्ताव दर्ता गराएका छन्। अविश्वास प्रस्तावमा भावी मुख्यमन्त्रीका रूपमा माओवादीका केसीलाई प्रस्ताज गरिएको छ।



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति: : 2021-04-19 14:36:00

प्रतिकृया दिनुहोस्