बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेले सुरूवाती अग्रता लिएकाे छ।
छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले ६ सय १५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३ सय ४२ मत प्राप्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ८१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढा २ सय १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले ३ मत प्राप्त गरेका छन्।