लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नयाँ मुख्यमन्त्रीमा केसीको नाम प्रस्ताव

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसद्हरुले साेमवार मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा विश्वास प्रस्ताव दर्ता गराएका हुन्।

अविश्वास प्रस्तावका साथ नयाँ मुख्यमन्त्रीका रुपमा माओवादीकेन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ। माओवादी उक्त प्रदेशसभामा तेस्रो ठूलाे दल हाे ।

प्रदेशसभामा ८७ सदस्य छन् । तीमध्ये दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) ले माओवादीले पदमुक्त गरिसकेको छ । प्रदेशसभामा कायम ८५ सदस्यमध्ये नयाँ सरकार बनाउन ४३ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । 

प्रदेशसभा सबभन्दा ठूलो दल एमालेसँग ४१ प्रदेशसभा सदस्य छन् । जसलाई सरकार बनाउन दुई सदस्य अपुग हुन्छ । नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

 

 



 याे पनि...

कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ 

एमालेले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मन्त्री

'फ्लोर क्रस' गर्ने सांसदलाई एमाले कर्णालीले गर्‍यो कारबाही

फ्लोर क्रस गर्ने  प्रकाश ज्वालाकाे प्रतिक्रिया- 'केन्द्रको निर्देशन अनुसार काम भएको छ'

प्रकाशित मिति: : 2021-04-19 12:58:00

प्रतिकृया दिनुहोस्