कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ 

एमालेबाट फ्लोर क्रस गरी भोट हालेर मन्त्री बनेका कर्णाली सरकारका तीन नवनियुक्त मन्त्रीले सपथ लिएका छन्।

नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कुर्मराज शाहीले आइतबार साँझ सपथ लिएका हुन्।

नवनियुक्त तीनै जना मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ ग्रहण गराएका हुन। सपथग्रहणसँगै तीनै जना मन्त्रीले मन्त्रालयको कार्यभार सम्हालेका छन्। 

अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका चार जना सांसदमध्ये तीनजनालाई शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियूक्त गरेका थिए।

No description available.



भारत सरकारको निम्तो मानेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

बुध्द एयरले बैशाख १८ देखि अन्तर-प्रदेश उडान सुरु गर्ने

म्यान्मारमा भइरहेको नरसंहारविरूद्ध नेपालले पनि बोल्नुपर्छ

 

प्रकाशित मिति: : 2021-04-18 19:40:00

प्रतिकृया दिनुहोस्