फ्लोर क्रस गर्ने  प्रकाश ज्वालाकाे प्रतिक्रिया- 'केन्द्रको निर्देशन अनुसार काम भएको छ'

File photo
File photo

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा विश्वासको मत दिएका नेकपा एमालेका चारजना सांसदले केन्द्रकाे निर्देशन अनुसार फ्लोर क्रस गरेकाे बताएका छन्।

नेकपा एमालेको माधव–झलनाथ पक्षका चारजना सांसदले संसदीय दलको निर्णयविरुद्ध फ्लोर क्रस गरेका हुन्। जसमध्येका प्रमुख सांसद प्रकाश ज्वालाले आफूहरुले पार्टीको निर्देशनअनुसार नै फ्लोर क्रस गरेको प्रतिक्रिया दिएका छन्।



फ्लोर क्रस गर्ने एमाले सांसदकाे प्रतिक्रिया- 'कारबाही हुन्छ भन्ने थाहा थियाे'



'केन्द्रबाट नेताहरुले नै निर्देशन दिएपछि त्यसैको पालना गरेर फ्लोर क्रस गरेका हौं,’ उनले भने, 'अब कारबाही स्वीकार्छाैं। केन्द्रमा हाम्रा नेताहरुलाई त धमाधम कारबाही गरिएको छ। अब हामीलाई कारबाही हुनु नाैलाे कुरो भएन।'

पार्टीको निर्णय बाहिर गएका कारण तत्कालै उनीहरुलाई कारबाही सिफारिस गर्ने तयारी नेकपा एमाले कर्णाली प्रदेश कमिटीले तयारी गरेको छ। 



अन्ततः कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत



फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले कारबाही गरेर निष्कासन गरेमा उनीहरुको सांसद पद गुम्नेछ।

चार सांसदले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मत दिएका थिए। फ्लोर क्रस गर्ने चारै सांसद एमालेको माधवकुमार समूहका हुन्।

प्रकाशित मिति: : 2021-04-16 20:34:00

प्रतिकृया दिनुहोस्