फ्लोर क्रस गर्ने एमाले सांसदकाे प्रतिक्रिया- 'कारबाही हुन्छ भन्ने थाहा थियाे'

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे सरकार जाेगाइदिएका नेकपा एमालेका सांसद अम्बरबहादुर थापाले प्रतिक्रिया दिएका छन्।

एमालेका चार सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै सरकारलाई विश्वासको मत दिएपछि कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ। फ्लोर क्रस गर्ने चारै जना सांसद एमालेको माधव नेपाल समूहका हुन्।

सरकार जोगाइदिएपछि प्रतिक्रिया दिँदै फ्लोर क्रस गर्नेमध्येका अमर बहादुर थापाले पार्टीबाट कारवाही भोग्न तयार रहेको बताए। 'कारवाही हुन्छ भन्ने थाहा हुँदाहुँदै ह्वीप उल्लंघन गरेको हुँ। एमालेलाई धोका दिएको हाेइन,' उनले भने, 'एमालेलाई केपी ओलीले धोका दिएका हुन्। मैले होइन।' 



मुख्यमन्त्री शाहीको सरकार जाेगाइ दिने एमालेका चार सांसद 



थापाले भने संसदीय दलका नेता यामलाल कँडेललाई आफूले सँधै सहयोग गरेको तर उनले कहिल्यै आफूलाई सहयोग नगरेको गुनासो गरेका छन्।

मन्त्री बनाउने शर्तमा सरकारलाई विश्वासको मत दिनुभएको हो भन्ने प्रश्नमा उनले भने 'मलाई मन्त्री बन्नु छैन। सक्रिय राजनीति नै गरिन्छ यत्ति हाे।'


अन्ततः कर्णालीका मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

प्रकाशित मिति: : 2021-04-16 19:14:00

प्रतिकृया दिनुहोस्