बिएल संवाददाता
जुम्लाको तातोपानी गाउँपालिका– ७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भिरबाट लडेर ७० भेडा मरेका छन्।
स्थानीय मगे रावत र सिउल रावतका ७० भेडा गएराति भिरबाट लडेर मरेको बारागाउँका शिक्षक अमर रावतले जानकारी दिए।
मगे र सिउल दाजु-भाइ हुन्। अस्थायी प्रहरी पोस्ट ताम्ती टोप्लाकाअनुसार उनीहरुका १ सय २ भेडामध्ये भिरबाट लडेर मरेको ७० वटा भेडा भेटिएका छन्। ३१ भेडा बेपत्ता छन्। गोठ रित्तो भएपछि भेडापालक रावत दाजु-भाइ घरखर्च कसरी धान्ने भन्ने चिन्तामा छन्।
पीडित भेडा रावत दाजु-भाइलाई राहतका लागि आवश्यक सहयोगका लागि समन्वय गरिरहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया