सुनको भाउ बढ्यो

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको हो।

तेजावी सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयाँ‍ रहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-04-19 12:29:00

प्रतिकृया दिनुहोस्