सर्वोच्च अदालतका लागि दुई न्यायाधीश अनुमोदित

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ।

समितिले डा. कुमार चुँडाल र  नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो।

यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो। 

प्रकाशित मिति: : 2021-04-16 17:09:00

प्रतिकृया दिनुहोस्