प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अचानक फोन गरेर संवादको लागि बोलाएका छन्।
ललितपुरको एक गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा पुगेका प्रचण्डलाई पछिल्लो समयको राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले फोन गरेर बोलाएका हुन्।
'मलाई प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै फोन गरेर बोलाउनु भएको छ।', उनले भने।