आङ सान सु कीमाथि ६ वटा नयाँ आरोप

IRI
IRI

म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उहाँका वकीलले जानकारी दिएका छन्।

उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उहाँका वकील मीन मीन सो एएफपीलाई बताएका छन्। 

पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन्। 

म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो। 

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्रयासी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो। एएफपी



म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार ‘कू’: मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ (भिडियो)

म्यान्मार 'विद्रोही सेना'द्वारा सरकारी सेनाको चौकी कब्जा

म्यान्मारको प्रजातन्त्र पुनर्बहाली आन्दोलनमा डेढ महिनाभित्र ३२० जनाको हत्या, ३ हजार गिरफ्तार

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

प्रकाशित मिति: : 2021-04-12 16:40:00

प्रतिकृया दिनुहोस्