बिएल संवाददाता
लन्डनका लागि म्यान्मारका राजदूतलाई दुतावासमा रहेका आर्मीहरूले थुनामा राखेका छन्।
दुतावासमा काम गर्ने कर्मचारीलाई सैन्य अटेजीले देशको प्रतिनिधित्व नगर्ने भएका कारण निस्किएर जान तथा घर खाली गर्न भनिएको छ।
‘मलाई थुनामा राखिएको छ,’ राजदुत क्वा ज्वार मिनले अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सलाई बताएका छन्।
म्यान्मारको सेनाले १ फेब्रुअरीमा देशको शासन सत्ता आफ्नो हातमा लिएपछि एकपछि अर्को असवैधानिक कदम उठाउँदै आएको छ। विदेशमा बसेका आफ्ना राजदूतलाई नजरबन्दमा राखिएको यो पहिलो घटना हो।
सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई पनि नजरबन्दमा राखेका छन्। सेनाको उदण्डताका कारण हालसम्म ५ सय ९० बढी प्रजातन्त्र प्रेमीले ज्यान गुमाउनु परिसकेको छ, यसमा बुढाबुढीदेखि बच्चासम्म रहेका छन्।
राजदूत मिनले बुधबार भएको घटनालाई एक किसिमले लन्डनको मध्यभागमा भएको सैन्य ‘कू’ को संज्ञा दिएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया