बिएल संवाददाता
लन्डनका लागि म्यान्मारका राजदूतलाई दुतावासमा रहेका आर्मीहरूले थुनामा राखेका छन्।
दुतावासमा काम गर्ने कर्मचारीलाई सैन्य अटेजीले देशको प्रतिनिधित्व नगर्ने भएका कारण निस्किएर जान तथा घर खाली गर्न भनिएको छ।
‘मलाई थुनामा राखिएको छ,’ राजदुत क्वा ज्वार मिनले अन्तर्राष्ट्रिय न्युज एजेन्सी रोयटर्सलाई बताएका छन्।
म्यान्मारको सेनाले १ फेब्रुअरीमा देशको शासन सत्ता आफ्नो हातमा लिएपछि एकपछि अर्को असवैधानिक कदम उठाउँदै आएको छ। विदेशमा बसेका आफ्ना राजदूतलाई नजरबन्दमा राखिएको यो पहिलो घटना हो।
सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई पनि नजरबन्दमा राखेका छन्। सेनाको उदण्डताका कारण हालसम्म ५ सय ९० बढी प्रजातन्त्र प्रेमीले ज्यान गुमाउनु परिसकेको छ, यसमा बुढाबुढीदेखि बच्चासम्म रहेका छन्।
राजदूत मिनले बुधबार भएको घटनालाई एक किसिमले लन्डनको मध्यभागमा भएको सैन्य ‘कू’ को संज्ञा दिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया