प्रधानमन्त्री ओलीकाे प्रश्न- चुनाव भएर लोकतन्त्र कसरी खतरामा पर्छ ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कहाँ संकट पर्यो भन्दै प्रश्न गरेका छन्।

रिपोर्टर्स क्लब नेपालको २३ औं वार्षिकोत्सव कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले भने,‘देश संकटमा पर्यो रे। कहाँ पर्यो संकट? देशलाई केमा संकट पर्यो? मजदुर, किसान, लोकतन्त्र, संविधान केमा पर्यो  संकट?’

प्रधानमन्त्री ओलीले चुनाव भएर लोकतन्त्र कसरी खतरामा पर्छ भन्दै प्रश्न समेत गरेका छन्। ‘लोकतान्त्रिक गणतन्त्रमा खतरा पर्यो रे, यदि चुनाव भएर लोकतन्त्र खतरा पर्ने हो भने त २० महिना पछि संकटमा परिहाल्छ नि', उनले भने।

आफ्नो सिफारिस फिर्ता भएर प्रतिनिधिसभा पुनर्स्थापना बेला आफू उत्तेजनामा नआएकाे भन्दै उनले त्यसबेला अर्काे पक्षले अविर जात्रा गरेकाे बताए।

आलीले भने, ‘मेरो सिफारिस फिर्ता भएर प्रतिनिधिसभा पुनर्स्थापना म उत्तेजनामा आइन। त्यसबेला अविर जात्रा गर्ने, के–के खाने, १२ दिन पछि अर्काे फैसला आउँदा सर्वाेच्च अदालत काम नलाग्ने भन्ने?’

‘आफ्नो नामको पार्टी अर्काेले न्याय पाउँ भन्दा अदालतले न्याय दियो।’ एउटा क्लासमा फेल भएपछि त फेरी त्यहि क्लासमा बस्नु पर्यो नि?’, प्रधानमन्त्री ओलीले भने, 'एकता भंग भएपछि पनि मैले सल्लााह गर्न फोन गर्दा त्यसलाई अखबरबाजी गर्ने, सम्पर्क गर्न खोज्दा भाग्ने अनि अदालतलाई एकता भंग गरायो भन्ने? पुनरावेदनको लागि गएका छन् रे, अदालत कुनै खेलौनाबाजी होर?’

प्रकाशित मिति: : 2021-03-30 16:49:00

प्रतिकृया दिनुहोस्