'दुःखी आत्माहरूलाई पाे आज पार्टी एकता चाहिएको रहेछ!'
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव समूह र प्रचण्ड समूहले पुष ५ गतेयता गरेका विभिन्न अराजक राजनीतिक गतिविधीहरु औँल्याएका छन्।
प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउनदेखि अन्य नेताहरूलाई निलम्बन गर्ने लगायतका निर्णय गर्न खोज्नेहरू नै अबको जनकारबाहीमा पर्ने थापाको भनाइ छ। उनले सामाजिक सञ्जालमा भनेका छन्, 'प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले वास्तवमा के चाहिँ गर्न बाँकी राखे?'
उनले गरेको विस्तृत टिप्पणी यस्तो छः
पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा-श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दु:खी आत्माहरूलाई पाे आज पार्टी एकता चाहिएकाे रहेछ! प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले वास्तवमा के चाहिँ गर्न बाँकी राखे?
काेही प्रदर्शनी मार्गमा चिच्याए- 'सन्की (?) केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं!'
काेही कार्की बैँक्वेटमा उफ्रिए- 'केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायाैं!'
माझण्ड गुटकाे मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेकाे ऐलान नै गरे- '७ जनालाई पार्टीबाट नै हटायाैं!'
विचराहरू, तिनले के के गरेका थिए?
१.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलकाे नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै हाेइन, चार पटक निस्काशन गरे।
२. महासचिव विष्णुप्रसाद पाैडेललाई दुई पटक निस्काशनकाे घाेषणा गरे।
३. मुख्यमन्त्री शंकर पाेखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्काशन गरे।
४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटकनिस्काशन गरे।
५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलकाे उपनेताबाट एकपटक निस्काशन गरे।
६. विशाल भट्टराईलाई संसदीय दलकाे प्रमुख सचेतकबाट निस्कासन एकपटक निस्काशन गरे।
७. शान्ता चाैधरीलाई संसदीय दलकाे सचेतकबाट एकपटक निस्काशन गरे।
८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे।
९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे।
१०. गाेकुल बाँस्काेटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनकाे प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाकाे किरियामा रहनुभएकाले विराेध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए।
११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे र
१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाकाे लागि निलम्बन गरे।
उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियाे भन्ने स्पष्ट नै छ। यहाँनेर सबैलाई ज्ञात हाेस् र स्मरण पनि -
(पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एक दर्जन नेताहरूलाई यसरी पटकपटक निस्काशन र निलम्बनकाे घाेषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजाेबध गर्ने कार्य श्री माधवजीकाे पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीकाे कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हाे। माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनकाे घाेषणा गर्न पनि प्रचण्डकाे जाेड नभएर श्री नेपालजीकाे द्वेष नै कारक थियाे र छ।)
समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएकाे छ-
तैपनि तिनमा कुनै पश्चातापबाेध छैन,
अझ उल्टै पार्टी एकताकाे राेइलाे तिनकै पाे छ।
खासमा पार्टी एकता भत्काउने र भाँड्ने काे थियाे?
ऐनामा अनुहार हेर्नू पर्दैन ?
अनि, निशर्त नेकपा (एमाले),
सूर्य चिन्ह र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यस यता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीकाे मियाेमा आबद्ध भएर अघि बढ्न तयार भई आए पाे स्वागत छ, अन्यथा किन -याई-याईं गर्ने?
कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई छ/छ महिना पार्टी केन्द्रीय कमिटीकाे सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुकाे कुनै अर्काे विकल्प छैन!
अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्ताे हुन्छ!
नत्र प्रचण्डसँगकाे अघाेषित कार्यगत एकता, हरेक दिनजस्ताे भेटघाट र साँठगाँठ किन चलिरहेकाे छ?
अब गंगा गए गंगादास,
जमुना गए जमुनादास नहोऔँ कि?
कमसेकम-
१.२०७७ बैशाख यताका गुटगत, फुटगत, प्रचण्डपन्थी, दुष्ट, जनादेशविपरित, जनविरोधी र राष्ट्रिय हितविपरीतका कार्य/दुष्कार्य गलत गरेका थियाै। त्यसैले, सार्वजनिक क्षमायाचना गर्छाैं, पार्टीले हाम्राे सार्वजनिक आलाेचना गरेर सुध्रिने माैका प्रदान गराेस् भन्ने राजनीतिक र नैतिक साहस प्रदर्शन गर्नुपर्दैन?
२. अझै अध्यक्ष केपी शर्मा ओलीलाई अर्घेलाे देखाउन खाेज्ने, केन्द्रीय कमिटीका १०औँ, ११औँ र १२औँ बैठकका निर्णयप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, प्रधानमन्त्रीले राजीनामा दिइदिए हाइसञ्चाे हुन्थ्याेजस्ताे गर्ने, निर्लज्जतापूर्वक समानान्तर गतिविधि गर्ने र गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकार्य हुनसक्दैनन्।
चेतना भया !