माओवादी केन्द्रले नेकपा विवादबारे सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा जाने तयारी गरेको छ।
माओवादी केन्द्रले मंगलबार सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो।
छलफलमा कानुन व्यवसायीले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जान माओवादी केन्द्रलाई सुझाव दिएका छन्।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला मागदाबी विपरीत र राजनीतिक प्रकृतिको भएकोले कानुन व्यवसायीले फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जान सुझाव दिएको बताए।
सर्वोच्चले गरेको फैसला पुनरवलोकनमा जाने विषयमा आफूहरु सकारात्मक रहेको सचेतक गुरुङले बताएका छन्।