नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले स्वास्थ्य उपचारका लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन्।
सरकारले दिने भनेको उपचार खर्चबापतको उक्त सहयोग रकम उनको परिवारले नलिने घोषणा गरेको नेता जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए।
मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। तर जोशीको परिवारले सहयोग रकम लिन अस्वीकार गरेको हो।
स्वकीय सचिव पाण्डेका अनुसार नेता जोशीको स्वास्थ्य अवस्था जटिलनै रहेको छ। फागुन १३ गते राति मष्तिष्कघात भएपछि उनकाे नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ।