नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली सरकार बनेदेखि नै संविधानमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै भने, 'यो सरकार बनेदेखि निरन्तर संविधानमाथि प्रहार गरिरहेको छ, सरकार बनेकै दिनदेखि विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर प्रहार गरिरहेको छ। सरकारले अग्रगमन गरेको छ कि प्रतिगमन? के संविधानको स्पिरिट पालना पारिरहनुभएको छ?’
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालत असंवैधानिक कदम भनिसकेपछि सरकारमाथि नैतिकताको प्रश्नो उब्जिएको उनले बताए।
उनले भने, ‘यति ठूलो कदम चालिसकेपछि र प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि उहाँले नैतिक दायित्व लिनु पर्छ कि पर्दैन? संविधान मान्छौँ भन्ने सरकारले त्यसको नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैन?’
वर्तमान सरकार सुरुदेखि नै संविधानको खिलाफमा उभिएको उनले उल्लेख गरे। ‘मिडियाको मुख थुन्न मिडिया विधेयक ल्याइएको, सूचना प्रविधि विधेयक र गुठी विधेयक ल्याएर जनअधिकार, संस्कृति, परम्परामाथि निरन्तरता प्रहार गरिरहेको उनले बताए।
मेलम्चीको पानी आयो भनेर प्रचार गरिरहेको सरकारले त्यसको विषय उठान गर्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नामसम्म लिन कन्जुस्याईं गरेकोमा विरोध जनाए। उनले भने, ‘दिउँसै रात पार्न काम नगर्नोस्।'
सरकार बनेकै दिनदेखि नेपालको संविधानमाथि प्रहार गरेको नेता खाँडले आरोप लगाउँदै भने–‘संविधाको रक्षा गर्नु सरको दायित्व हो, तर सकारले निरन्तर प्रहार गरेको छ।’
खाँडले प्रधानमन्त्री ओलीले तीन महिनामा कोरोना खोप दिन्छौ भनेर जनतालाई झुकाएको आरोप लगायका छन्। नेता खाँडले भने–‘सबै नेपालीलाई कोरोना खोप लागाउने व्यवस्था गरोस्, झुकाउने काम होइन्।