एमालेको संसदीय बोर्डमा बैठकमै नगएका वरिष्ठ नेताद्वय खनाल र नेपाल पनि

एमाले संसदीय दलको बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित २४ सदस्यीय संसदीय दलको बोर्ड गठन गरेको छ। खनाल र नेपाल दुवै बालुवाटारमा बैठक चलिरहेका बेला सानेपामा गुटको राष्टिय भेला सञ्चालन  गरिरहेका थिए । 

मुख्य सचेतक विशाल भट्टराईले दिएको जानकारीअनुसार, खनाल र नेपालाई पनि बोर्डमा राखिएकाे छ । 'नेताद्वय खनाल र नेपालसहित २४ जनाकाे संसदीय बाेर्ड बनाउने निर्णय भयो, विधानमा २७ जनासम्म राख्ने व्यवस्था भए पनि संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङसहित प्रतिनिधिसभा र राष्टियसभाका मुख्य सचेतकहरु, राष्ट्रियसभा सत्तापक्षका नेता लगायतका पदाधिकारी पदेन सदस्य हुनुहुन्छ', उनले बिएल नेपाली सेवालाई बताए । 

संसदीय दलले खनाल र नेपाललाई बोर्डमा मनोनयन गर्दा नेताद्वय आफू पक्षधरको राष्ट्रय भेलाको नेतृत्व गर्दै सानेपामा बसिरहेका थिए । 

बैठकले संसदीय दलको विधान संशोधनसम्बन्धी प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ। विधान संशोधन कार्यदलमा मुख्य सचेतक विशाल भट्टराई, सांसद् शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन्। 

प्रकाशित मिति: : 2021-03-18 13:50:00

प्रतिकृया दिनुहोस्