नेकपा एमालेको माधव पक्षले चैत्र ४ र ५ गते (भोलीदेखि) काठमाडौँमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ।
तर यहीबीच ओली पक्षले एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेले कुनै पनि राष्ट्रिय भेलाको आयोजना नगरेको बताएको छ।
नेकपा (एमाले) ओली पक्षका महासचिव ईश्वर पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'यस्तो अनाधिकृत भेला नगर्न नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले)का सबै नेता तथा कार्यकर्तालाई विशेष निर्देशन गर्दछ।'