आज वागमती  र गण्डकी प्रदेशका केही भू-भागहरुमा मेघ गर्जनसहित चट्टयाङ पर्नसक्ने

Symbolic Picture
Symbolic Picture

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव पर्ने जनाएको छ। 

महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावना रहेको छ। दिउँसो पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली हुनेछ।

साँझपखको समयमा बागमती प्रदेश र गण्डकी प्रदेशका केही पहाडी भूभागमा मेघ गर्जनसहित चट्टयाङ पर्नसक्ने सम्भावना भएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2021-03-14 09:32:00

प्रतिकृया दिनुहोस्