स्थानीयस्तरमै रोजगार सिर्जना

File photo
File photo

प्युठानका आठ स्थानीय तहले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयस्तरमा रोजगार सिर्जना हुन थालेको छ।

जिल्लाका प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, नौवहिनी, मल्लरानी, गौमुखी, माण्डवी, सरुमारानी र झिमरुक गाउँपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेका हुन्।

ऐरावती गाउँपालिकाले रोजगार कार्यक्रम शुरु गर्ने तयारीमा छ। कार्यक्रममार्फत बेरोजगार जनताले १०० दिनका लागि रोजगारी पाउने छन्। नौवटै स्थानीय तहका दुई हजार ९१५ बेरोजगार व्यक्तिले यो वर्ष १०० दिन बराबरको रोजगारी पाउँदैछन्।

प्युठान नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ। अत्यन्त विपन्न वर्गलाई आंशिकरुपमा भए पनि स्वरोजगार बनाउने नेपाल सरकारको लक्ष्यअनुसार नगरपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेको हो। माघ २० गतेदेखि नगरका १० वटै वडामा रोजगार कार्यक्रम शुरु भएको छ।

विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले रोजगार कार्यक्रम शुरु भएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए।रासस

प्रकाशित मिति: : 2021-03-13 09:46:00

प्रतिकृया दिनुहोस्