अमेरिकी राष्ट्रपति जो बाइडेनले १९ खर्ब डलरको अमेरिकी राहत प्याकेजमा हस्ताक्षर गरेका छन्। यसअघि शुक्रवार हस्ताक्षर गर्ने भनिए पनि त्यसको एक दिन अघि विहीबार नै उनले हस्ताक्षर गरे।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई महामारी घोषणा गरेको ठीक वर्ष दिन पारेर उनले राहत प्याकेजमा हस्ताक्षर गरेका हुन्।
उनको हस्ताक्षरसँगै अब यो विधेयक कानुन भएर लागु हुने प्रक्रियामा गएको छ।
यसअघि बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिव्समा विधेयक पारित भएको थियो। बिधेयकको पक्षमा २२० र विपक्षमा २११ मत परेको थियो। विधेयक बजेट प्रक्रियाबाट पारित गरिएको थियो। हाउस अफ रिप्रेजेन्टेटिव्सबाटै उत्पति भएर माथिल्लो सदन सिनेटमा गएको भए पनि त्यहाँ संशोधनसहित पारित भएकाले पुन : यसलाई तल्लो सदनमा पनि पारित गर्नु परेको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले १९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका छन। विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई महामारी घोषणा गरेको ठीक वर्ष दिन पारेर उनले राहत प्याकेजमा हस्ताक्षर गरे। उनको हस्ताक्षरले कानुन बनेको यो राहत प्याकेजअनुसार मार्च महिनाभित्रै योग्य करदाताले १४०० डलरको राहत चेक पाउँनेछन्।
राष्ट्रपति बाइडेनले हस्ताक्षर गरिसकेको यो कानुनअनुसार अमेरिकी योग्य करदाताले मार्चभित्रै तेश्रो चरणको राहत चेक प्राप्त गर्नेछन्। यसअघि नै राष्ट्रपति बाइडेनले त्यसको घोषणा गरिसकेका छन्।
राहत प्याकेजमा १४ सय डलरको राहत चेक र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय सय डलर राहत प्रदान गरिने छ। राहत चेकको लागि एकल करदाता भए ७५ हजारभन्दा कम, घरमुली भए एक लाख १२ हजारभन्दा कम र दम्पतिका हकमा एक लाख ५० हजारभन्दा कम आम्दानीलाई योग्य बनाइएको छ।