कुमारी इक्विटी फण्ड बिक्री गरिँदै

Symbolic photo

सामूहिक लगानी कोषमा लगानी गर्न चाहनेलाई लक्षित गरेर यही फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्ड बिक्री गरिने भएको छ। 

पछिल्ला दिनमा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढीरहेको बेला सानो लगानी गर्नेका लागि यो योजना महत्वपूर्ण हुने सम्बन्धित बिक्रीकर्ताले जनाएको छ। 

सो बन्दमुखी योजनाअनुसार कूल आठ करोड एकाई बिक्री गर्न लागिएको हो। कुमारी बैंकको ‘कुमारी सामूहिक लगानी योजना’अनुसार बिक्री गर्न लागिएको योजनाअन्तर्गत कूल छ करोड ८० लाख एकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ। 

कूल १० वर्षे अवधिको उक्त योजनाअन्तर्गत एक करोड २० लाख एकाई प्रवद्र्धक कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ। उक्त योजनाको एकाई बिक्री बन्द हुने मिति छिटोमा यही फागुन १८ गतेसम्म रहेको छ भने ढिलोमा फागुन २८ गतेसम्म रहेको छ। 

आवेदन दिनुपर्ने एकाई न्यूनतम १०० रहेको छ। इक्रा नेपालले उक्त योजनाको रेटिङ गरेको थियो । सो योजनाको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। रासस

प्रकाशित मिति: : 2021-02-26 21:10:00

प्रतिकृया दिनुहोस्