दाङमा कोइला खानीमा पुरिएर एक पुरुषको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोइला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।