महोत्तरीमा सवारी साधनामा ठक्कर दिएको बिषयमा विवाद चर्किएपछि एक ट्रक चालकमाथि चक्कु प्रहार भएको छ।
महोत्तरीको बर्दिबास १० पूर्वपश्चिम लोकमार्गको महरा पुल नजिक पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ३८३९ नम्बरको ट्रकमा पछाडिबाट आइरहेको बा २५ च ८४४७ नम्बरको स्कारपियो गाडीले ठक्कर दिएको थियो।
मंगलबार बिहान साढे १० बजे दुबै सवारी एकआपसमा ठोक्किएको थियो।
सोही ठक्करको बिषयमा दुबै सवारी चालकबीच विवाद बढेपछि ट्रक चालक विजय यादवलाई स्कारपियोका चालक र त्यसमा सवारी व्यक्ति मिलेर कुटपिट गरि बाँया तिघ्रामा तीन ठाउँमा चक्कु प्रहार गरि घाइते बनाएको छ।
चक्कु प्रहारबाट सख्त घाइते ट्रक चालक यादवको उपचार मोडेल अस्पताल लालबन्दी सर्लाहीमा भइरहेको ईलाका प्रहरी कार्यालय केशरगन्ज सर्लाही जनाएको छ।
घटनास्थलबाट स्कारपियो गाडीसहित चालक र कुटपिटमा संलग्न व्यक्ति फरार भएकाले उनीहरुलाई पक्राउ गर्न जोखिकार्य तीब्र बनाएको ईप्रका केशरगन्जले बताएको छ।